आइतबार भारतको धर्मशालामा भएको खेलमा श्रीलंका ७ विकेटले विजयी भएको हो । खेलमा पहिले ब्याटिङ गरेको भारतले निर्धारित् ५० ओभरको खेलमा ३८ ओभर २ बलमात्र क्रिजमा टिकेर ११२ रन बनाएको थियो । भारतका लागि महेन्द्र सिंह धोनीले सर्वाधिक ६५ रन बनाएको इनिङ्समा पाँच खेलाडीले रनको खातासमेत खोल्न सकेनन् । नियमित कप्तान विराट कोहलीले आराम लिएको…