आबुधाबीको शेख जायद रंगशालामा युएईले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित् ५० ओभरमा ६ विकेट गुमाउँदै २२१ रन जोडेको छ ।
खेलमा नेपालका लागि सम्मानजनक योगफल तयार गर्न शरद भेषावकर र ज्ञानेन्द्र मल्ले राम्रो प्रदर्शन गरे ।
शरदले ९५ बलमा ८१ रन जोड्दा ज्ञानेन्द्र मल्लले ८३ बलमा ५४ रनको योगदान गरे ।
२२२ रनको चुनौती पछ्याउँदै घरेलु टोली युएईले जवाफी ब्याटिङ गर्दैछ ।
यसअघि नै च्याम्पियनसिपबाट डिभिजन–२ मा झरिसकेका नेपाल र युएई दुवै टोलीका लागि यो खेल प्रतिष्ठाको लडाइँमात्रै बनेको छ ।
८ टोली सहभागी प्रतियोगितामा नेपाललाई पाँचौ हुने अवसर छ । प्रतियोगितामा सोचेअनुसारको प्रदर्शन गर्न नसकेपछि नेपाल दोस्रो डिभिजनमा झर्न बाध्य भएको हो ।
नेपालसँगै युएई र नामिबिया पनि विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट डिभिजन–२ मा झरिसकेका छन् । स्कटल्यान्ड, हङकङ र केन्यामध्ये थप एक टोली डिभिजन–२ मा झर्नेछ ।









प्रतिक्रिया दिनुहोस्