२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


रुसले विन्टर ओलम्पिक खेल्न नपाउने


0
Shares

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि आईओसीको सोमबार राती स्विट्जरल्याण्डमा बसेको वैठकले रुसलाई विन्टर ओलम्पिक खेल्नबाट प्रतिबन्ध लगाएको हो ।

तर आफुलाई डोपिङ प्रकरणमा निर्दोष प्रमाणित गर्न सक्ने रुसी खेलाडीहरुले भने तटस्थ झण्डामुनी रहेर विन्टर ओलम्पिकमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

आईओसीको यो निर्णयको रुसमा ब्यापक आलोचना गरिएको छ ।

केही अधिकारीहरुले आईओसीको सम्पूर्ण कार्यक्रम नैं बहिष्कार गर्नुपर्ने प्रतिक्रिया दिएका छन् भने केहीले डोपिङमा निर्दोष खेलाडीहरुले प्रतिस्पर्धा गर्न पाउनुलाई सकारात्मक भनेका छन् ।

चार वर्षअघि रुसकै सोचीमा आयोजना गरिएको विन्टर ओलम्पिकको क्रममा रुसी खेलाडीलाई राज्यस्तरबाटै प्रतिबन्धित औषधि प्रयोग गराईएको र डोपिङ परिक्षणमा समेत प्रमाण नष्ट गरिएको पाइएपछि रुस आईओसीको प्रतिबन्धमा परेको थियो ।

त्यही कसूरमा रुसलाई गत वर्ष ब्राजिलमा सम्पन्न रियो ओलम्पिक खेल्नबाट समेत प्रतिबन्ध लगाईएको थियो ।

विन्टर ओलम्पिकको अर्को संस्करण दक्षिण कोरियाको प्योङचाङमा यही फेब्रुअरी ९ तारिखदेखि सुरु हुँदैछ ।

आईओसीले यो खेलमा पनि रुसलाई प्रतिबन्ध लगाएपछि अर्को वर्ष रुसमै आयोजना हुने विश्वकप फुटबल समेत विवादमा पर्ने निश्चित भएको छ ।