
आइतबार भारतको धर्मशालामा भएको खेलमा श्रीलंका ७ विकेटले विजयी भएको हो ।
खेलमा पहिले ब्याटिङ गरेको भारतले निर्धारित् ५० ओभरको खेलमा ३८ ओभर २ बलमात्र क्रिजमा टिकेर ११२ रन बनाएको थियो ।
भारतका लागि महेन्द्र सिंह धोनीले सर्वाधिक ६५ रन बनाएको इनिङ्समा पाँच खेलाडीले रनको खातासमेत खोल्न सकेनन् ।
नियमित कप्तान विराट कोहलीले आराम लिएको यस शृंखलाको कप्तानी रोहित शर्माले गरेका छन् ।
भारतलाई सस्तैमा समेट्नेक्रममा सुरंगा लक्मालले १३ रन खर्चेर ४ विकेट लिए ।
जवाफमा श्रीलंकाले २० ओभर ४ बलमै ३ विकेटको क्षतिमा जित दर्ता गर्यो । श्रीलंकाका लागि उपुल थरंगाले सर्वाधिक ४९ रन जोडे ।
यो जितसँगै श्रीलंकाले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ । दोस्रो खेल बुधबार मोहालीमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्