काठमाडाैं । सर्लाहीमा आत्मदाहको प्रयास गरेका युवालाई काठमाडौं पठाइएको छ ।
उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फ काठमाडौं पठाइएको हो । शुक्रबार सर्लाहीको गडौता नगरपालिका- १० का ३५ वर्षीय विवेक मण्डलले आफूमाथि पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका थिए ।
आत्मदाहको प्रयासपछि गम्भीर घाइते भएका मण्डलको प्रादेशिक अस्पताल मलंगवामा उपचार सम्भव नभएपछि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे हाे । मण्डलको अवस्था गम्भीर रहेकाे प्रहरीले बताएकाे छ।









प्रतिक्रिया दिनुहोस्