फिलिपिन्सविरुद्ध मंगलबार घरेलु मैदानमा खेल्दै अनिलले राष्ट्रिय टोलीबाट औपचारिकरुपमा बिदा लिएका हुन् । खेलको ८२औं मिनेटमा सुजल श्रेष्ठको स्थानमा मैदान प्रवेश गर्दैै राष्ट्रिय टोलीबाट ५०औं खेल पूरा गरेका अनिललाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेल सकिएपछि औपचारिक कार्यक्रमका साथ बिदाइ गरेको थियो । नेपालले फिलिपिन्ससँग गोलरहित बराबरी खेलेको छ । राष्ट्रिय टोलीबाट सन्न्यास लिएपनि अनिलले…