२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पीएफए र फारवेस्ट अत्तरीया क्वार्टरफाइनलमा


0
Shares

शुक्रबार धनगढी रंगशालामा भएको खेलमा जित हासिल गर्दै पीएफए अत्तरीया क्वार्टरफाइनलमा पुगेको हो ।

फारवेस्ट अत्तरीया स्पोर्टस् एकेडेमी भने विपक्षी टिम अनुपस्थित भएपछि ‘बाई’ पाएर सीधै अन्तिम आठमा पुगेको हो ।

पीएफए अत्तरीयाले मनकामना युवा क्लब जुगेडालाई २–० ले हरायो । पीएफएलाई जिताउनेक्रममा खेलको १३औं मिनेटमा विशाल राई र २५औं मिनेटमा अभिषेक रिजालले गोल गरे ।

यस्तै, शुक्रबारको पहिलो खेलमा सशस्त्र प्रहरी बल कैलाली अनुपस्थित भएपछि अत्तरीया स्पोर्टस् एकेडेमी बाइ पाएर सीधै क्वार्टरफाइनलमा पुगेको हो ।

प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले डेढ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।