Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


भारतलाई हराउँदै नेपाल र बंगलादेश ह्विलचियर क्रिकेटको फाइनलमा


0
Shares

पहिलोपटक राजधानीमा आयोजना गरिएको त्रिकोणीय शृंखलामा भारतलाई पाखा लगाउँदै नेपाल र बंगलादेश फाइनलमा पुगेका हुन् ।

समूह चरणको दुईओटै खेल जित्नेक्रममा नेपालले शुक्रबार भारतलाई ६५ रनले हरायो । यसअघि, पहिलो खेलमा नेपालले बिहीबार बंगलादेशलाई हराएको थियो ।

त्यस्तै, बंगलादेशले पनि भारतलाई हराउँदै फाइनलमा ठाउँ बनायो ।

समूह चरणका दुवै खेल हारेको भारत प्रतियोगिताबाट बाहिरिएको छ ।

फाइनल खेल शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।