मंगलबार धनगढीस्थित क्षेत्रीय रंगशालामा भएको खेलमा डुक स्टार क्लब भुटानमाथि ३–२ को कठिन जित निकाल्दै रुपन्देही अन्तिम आठमा पुगेको हो । रुपन्देहीको जितमा अमर डंगोलले खेलको २२ र ३८औं मिनेटमा गरी दुई गोल गरे । रुपन्देहीका लागि अर्को एक गोल ६९औं मिनेटमा मनीष थापाले गरे । अमर खेलको ‘म्यान अफ द म्याच’ घोषित भए ।…