१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


साउदी रंगशाला महिलाका लागि खुला


0
Shares

फुटबल प्रतियोगिता हेर्नका लागि पहिलोपटक महिलाहरुलाई रंगशालामा प्रवेश खुला गर्न लागिएको सरकारले सोमबार घोषणा गरेको छ ।

‘साउदी अरबका महिलाहरूले इतिहासमै पहिलोपटक रंगशालामा गएर फुटबल प्रतियोगिता हेर्न पाउने भएका छन् । आउदो शुक्रबार अर्थात् जनवरी १२ का दिन अल अहली र अल बाटीनका बीचमा प्रतिस्पर्धा हुन लागेको छ,’ सन्चार मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

महिलाहरु त्यसपछि हुने दोस्रो खेल र जनवरी १८ मा हुने तेस्रो खेल हेर्न पनि रंगशालामा जान पाउने मन्त्रालयले जनाएको छ । प्रतियोगितामा खाडी राष्ट्रका महिलाहरूले नयाँ स्वतन्त्रताको पहिलोपटक फाइदा उठाउन पाउने भएका छन् ।

प्रतियोगिताअन्र्तगतको पहिलो खेल राजधानी रियादमा हुन लागेको छ भने दोस्रो खेल जेड्डाहको रेड सी र तेस्रो खेल डाम्माममा हुन लागेको हो । साउदी अरब संभवतः कतिपय विषयमा महिलाका लागि विश्वमै सवैभन्दा धेरै अनुदार मुलुक मानिन्छ । (रासस/एएफपी)