महिला फुटबल लिगमा त्रिभुवन आर्मी क्लव र सशस्त्र प्रहरी विजयी • Image Khabar Image Khabar


महिला फुटबल लिगमा त्रिभुवन आर्मी क्लव र सशस्त्र प्रहरी विजयी


Imagekhabar
२३ पुष २०७४, आईतवार १९:३२

महिला फुटबल लिगमा त्रिभुवन आर्मी क्लव र सशस्त्र प्रहरी विजयी

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीले नेपाल पुलिस क्लवलाई ४–१ ले पराजित ग¥यो । आर्मीका लागि कप्तान कृष्णा खत्री र अञ्जली वाइबाले समान २–२ गोल गरे ।

त्यसैगरी सशस्त्रले सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई ९–० ले हरायो । सशस्त्रका लागि साबित्रा भण्डारीले ६ गोल गरिन् ।

त्यसैगरी अनिता बस्नेतले दुई तथा रेखा पौडेलले एक गोल गरिन् । साबित्राले चार खेलबाट २७ गोल गरिसकेकी छिन् ।

तीन विभागीय र सुदूरपश्चिमाञ्चलबीच सुपर लिग भइरहेको हो । यसअघि चार विकास क्षेत्र समूह चरणबाट बाहिरिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्