क्षेत्रीय रङ्गशाला मैदानमा दुवै टिमले निर्धारित समयावधिमा गोलरहित बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । टाइबेकरमा सङ्कटाले धरानलाई ५–४ गोल अन्तरले पराजित गरी अन्तिम आठको यात्रा तय गरेको हो । दुवै टिमबाट सात/सात जनाले पेनाल्टी प्रहार गरेका थिए । सङ्कटाको तर्फबाट अनिल गुरुङ, विश्व अधिकारी, सरोज दाहाल, सिजन थापा र अभिषेक रिजालले गोल गरे…