सिमरा गोल्डकप माघ २५ देखि, विजेतालाई पाँच लाख ५१ हजार • Image Khabar Image Khabar


सिमरा गोल्डकप माघ २५ देखि, विजेतालाई पाँच लाख ५१ हजार


Imagekhabar
२२ पुष २०७४, शनिबार २०:१४

सिमरा गोल्डकप माघ २५ देखि, विजेतालाई पाँच लाख ५१ हजार

आयोजक नव जनजागृति युवा क्लबले शनिबार बारामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो ।

फागुन ४ गतेसम्म चल्ने प्रतियोगितामा साविक विजेता संकटा क्लब र दुई विभागीयसहित १० टिम सहभागी हुने क्लबका अध्यक्ष कासिम मियाँले जानकारी दिए ।

प्रतियोगितामा संकटासहित थ्रीस्टार क्लब, मनाङ–मर्स्याङ्दी, जावलाखेल युथ क्लब, सशस्त्र प्रहरीको एपीएफ, त्रिभुवन आर्मी, सहारा क्लब पोखरा, रुपन्देही–११, झापा–११, हेटौंडा–११, वीरगन्ज युनाइटेड र आयोजकको टिम नव जनजागृति युवा क्लब सिमराको सहभागिता रहनेछ ।

प्रतियोगिताको विजेताले पाँच लाख ५१ हजार र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्