महिला लिग फुटबलको सुपर लिग समीकरण पूरा • Image Khabar Image Khabar


महिला लिग फुटबलको सुपर लिग समीकरण पूरा


Imagekhabar
२१ पुष २०७४, शुक्रबार २०:३८

महिला लिग फुटबलको सुपर लिग समीकरण पूरा

शुक्रबार भएका समूह चरणका खेलपछि समूह ‘बी’बाट सशस्त्र प्रहरी विजेता र त्रिभुवन आर्मी क्लब उपविजेता बन्दै सुपर लिगमा पुगेका छन् ।

त्यसैगरी, समूह ‘ए’बाट नेपाल पुलिस क्लब विजेता र सुदूरपश्चिमाञ्चल विकास क्षेत्र उपविजेता बन्दै सुपर लिगमा पुगे ।

समूह चरणको अन्तिम खेलमा शुक्रबार सशस्त्रले आर्मीलाई १–० ले हरायो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा सशस्त्रका लागि सावित्रा भण्डारीले निर्णायक गोल गरिन् । लिगमा सावित्राको तीन खेलबाट २१ गोल भएको छ ।

शुक्रबारै भएको खेलमा पश्चिमाञ्चल विकास क्षेत्रले सान्त्वना जित हासिल गर्नेक्रममा मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई २–० ले हरायो ।

तीन विभागीय तथा पाँच विकास क्षेत्रको सहभागिता रहेको प्रतियोगितामा तीनै विभागीयले वर्चश्व जमाएका हुन् ।

सुपर लिगका खेल आगामी मंगलबारदेखि हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्