२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


टोटनह्याम हट्सपर एफए कपको चौथो चरणमा प्रवेश, आर्सनल तेस्रो चरणबाटै बाहिरियो


0
Shares

गएराति भएको चौथो चरणको खेलमा टोटनह्यामले ए.एफ.सी. विम्बल्डनलाई ३÷० ले हरायो । टोटनह्यामका लागि ह्यारी केनले २ तथा यान भर्टोङ्गेनले एक गोल गरे ।

उता आर्सनल भने नटिङ्घम फरेष्टसँग ४÷२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

आफ्नै मैदानमा सम्पन्न खेलमा फरेष्टका लिचाजले दुई तथा बेन बेरेटन र किरन डोवेलले एक–एक गोल गरे ।

आर्सनलका लागि पर मर्टेस्याकर र ड्यानी वेल्बेकले एक एक गोल फर्काए ।

हारसँगै प्रशिक्षक आर्सेन वेङ्गरको नेतृत्वमा आर्सनल पहिलो पटक एफ.ए कप फुटबलको तेस्रो चरणबाटै बाहिरिएको छ ।

एफए कप अन्तर्गत गएराती भएको अर्को खेलमा न्युपोर्ट काउण्टीले लिड्स युनाईटेडलाई २-१ ले हराउँदा वेष्ट ह्याम युनाईटेडलाई स्रिउस्बरी टाउनले गोलरहित बराबरीमा रोकेको छ ।