Logo ४ आश्विन २०८२, शनिबार | Sun Sep 21 2025


पुलिसलाई हराउँदै रुपन्देही नेपालगन्ज गोल्डकपको फाइनलमा

मंगलबार भएको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २–१ ले पराजित गर्दै रुपन्देही फाइनलमा पुगेको हो । नेपालगन्ज रंगशालामा भएको सेमिफाइनलमा रुपन्देहीलाई जिताउन दुबै गोल अमर डंगोलले गरे । जुमनु राईले पुलिसका लागि प्रारम्भिक गोल दिलाएका थिए । अब फाइनलमा रुपन्देहीको भिडन्त संकटा क्लबसँग हुनेछ । फाइनल खेल आगामी विहीबार हुनेछ ।