अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाली तेक्वान्दो टोलीलाई चार स्वर्ण « Image Khabar


अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाली तेक्वान्दो टोलीलाई चार स्वर्ण


Imagekhabar
७ जेष्ठ २०७४, आईतवार १८:२१

भारतको अमृतसरमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालका लागि मोहम्मद कलिमउल्लाह मिया, सब्बिर रावल, अब्बास खान र आशिष सुबेदीले स्वर्ण दिलाए । उनीहरु चारैले पुम्सेतर्फ स्वर्ण पदक हात पारेको नेपाली टोलीका प्रशिक्षक रोशन खानले बताए ।

पुरुषको पुम्सेमा दिपेन्द्र नेपाली, सितल पर्जा र प्रवेश पन्डितले रजत पदकमै चित्त बुझाए । प्रतिक पाठक र मोहम्मद उमर खानले सेमीफाइनलको यात्रा मात्र तय गर्दा कास्य पदक हात पारे ।

चितवन जिल्ला तेक्वान्दो कार्यसमितीका उपाध्यक्ष समेत रहेका रोशन खानको प्रशिक्षणमा ११ पुरुष खेलाडीले अन्तर्राष्ट्रिय खेलमा नेपालको तर्फबाट चुनौती प्रस्तुत गरेका थिए । च्याम्पियनसिपमा सहभागी सबै खेलाडी चितवनका हुन् । च्याम्पियनसिपको फाइटमा पुरुषतर्फ ३२ केजी तौलसमुहमा आषिश सुवेदी, ३८ केजी तौलमा सब्बीर रावल, ४० केजीमा उस्मान कार्की, ४५ केजीमा प्रवेश पण्डित, ४८ केजीमा सितल प्रजा र ५० केजीमा मोहम्मद उमर खानले प्रतिस्पर्धा गरेका थिए ।

पुरुषकै ५२ केजीमा अब्बास खान, ५८ केजीमा सागर तामाङ, ६३ केजीमा दिपेन्द्र नेपाली र ६८ केजीमा मोहम्मद कलिममुल्लाह मियाँले नेपालको तर्फबाट चुनौती प्रस्तुत गरे ।

प्रतिक्रिया दिनुहोस्