
ललितपुरको सातदोबाटोस्थिति टेनिसकोर्टमा शुक्रबार सम्पन्न प्रतियोगितामा नेपाली पुरुष टोलीलाई बंगलादेशले ३–० ले पराजित गरेको हो ।
प्रतियोगिताअन्तर्गत् पुरुष एकलतर्फको पहिलो खेलमा नेपालका आरभ सम्राट हाडालाई बंगलादेशका रोमन हुसेनले ६–३ र ६–२ को सोझो सेटमा पराजित गरे ।
यस्तै, पुरुष एकलतर्फको देस्रो खेलमा पनि नेपालका आर्यन गिरीलाई बंगलादेशका माहादी हसनले समान २–० को सोझो सेटमा हराउनेक्रममा ६–२ र ६–३ को जित दर्ता गरे ।
प्रतियोगिताअन्तर्गत् डबल्सतर्फ पनि नेपालका आरभ र आर्यनको जोडीलाई बंगलादेशका रोमन र जुबेदको जोडीले समान २–० कै सोझो सेटमा पराजित गरे ।
नेपालले सेमिफाइनलमा भारतलाई हराउँदै फाइनल प्रवेश गर्दा बंगलादेशले भुटानलाई पराजित गर्दै नेपालसँगको फाइनल भिडन्त पक्का गरेको थियो ।
फाइनलमा पुगेका नेपाल र बंगलादेशले काजखस्तानमा आगामी नेभेम्बरमा हुने १२ वर्षमुनिको आइटीएफ एसियाली टिम च्याम्पियनसिपमा स्थान सुरक्षित गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्