कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा बुधबार भएको उद्घाटन खेलमा पश्चिमाञ्चललाई ५ विकेटले पराजित गरी घरेलु टोलीले सुखद् सुरुआत गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको पश्चिमाञ्चलको प्रदर्शन राम्रो रहन सकेन । पश्चिमाञ्चलले निर्धारित् २० ओभरमा ९ विकेटको क्षतिमा ७३ रनमात्रै बनाउन सक्यो । पश्चिमाञ्चलको इनिङ्समा वर्षा रानाले १४ र सरस्वती पुनले १० रनको योगदान…