म्यान्चेस्टर सिटी इंग्लिश प्रिमियर लिग फुटबलको उपाधिनजिक • Image Khabar Image Khabar


म्यान्चेस्टर सिटी इंग्लिश प्रिमियर लिग फुटबलको उपाधिनजिक


Border circle
Imagekhabar

म्यान्चेस्टर सिटी इंग्लिश प्रिमियर लिग फुटबलको उपाधिनजिक

गएराति आफ्नै मैदानमा भएको खेलमा सिटीले टोटनह्यामलाई ३–१ ले हरायो । खेलमा म्यान सिटीलाई विजयी गराउन ग्याब्रिएल जिसस, ईके गुन्डोगान र राहिम स्टर्लिङले एक–एक गोल गरे ।
टोटनह्यामका क्रिश्चियन एरिक्सनले एक गोल फर्काए ।

जितसँगै म्यान्चेस्टर सिटी प्रिमियर लिगको उपाधि नजिक पुगेको छ । ३३ खेलबाट सिटीको ८७ अंक छ । एक खेल कम खेलेको म्यान्चेस्टर युनाईटेडको ७१ अंक छ ।

आज हुने खेलमा म्यान्चेस्टर युनाईटेड वेष्ट ब्रोमसँग पराजित भएको खण्डमा म्यान सिटी प्रिमियर लिग च्याम्पियन बन्नेछ । त्यसो हुन नसके अब बाँकी रहेको कुनै पनि खेलमा म्यान्चेस्टर सिटी विजयी भए वा म्यान्चेस्टर युनाईटेड विजयी हुन नसके पनि उपाधि म्यान्चेस्टर सिटीको हुनेछ ।

प्रिमियर लिग फुटबलका अन्य खेलमा लिरभपूलले बर्नमाउथलाई ३–० ले हराउँदा चेल्सीले साउथह्याम्पटनलाई ३÷२ ले पराजित गरेको छ ।

यसैगरी बर्नलेले लेष्टर सिटीलाई २–१ ले पराजित गर्दा क्रिष्टल प्यालेसले ब्राईटनलाई ३–२ ले तथा हडर्सफिल्ड टाउनले वाट्फोर्डलाई १–० ले हराएका छन् ।

प्रतिक्रिया दिनुहोस्