विर्तामोड युनाइटेडले जित्यो पाँचथर गोल्डकपको उपाधि, चम्किए नवयुग • Image Khabar Image Khabar


विर्तामोड युनाइटेडले जित्यो पाँचथर गोल्डकपको उपाधि, चम्किए नवयुग


Imagekhabar
२ बैशाख २०७५, आईतवार २०:०५

विर्तामोड युनाइटेडले जित्यो पाँचथर गोल्डकपको उपाधि, चम्किए नवयुग

पाँचथर, बैशाख २ । विर्तामोड युनाइटेड क्लव झापाले पाँचथरको फिदिममा सम्पन्न दोस्रो वाइवाई पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ ।

आज भएको फाइनल खेलमा सुनसरीलाई ४-१ गोल अन्तरले हराउँदै झापाले उपाधिमाथि कब्जा जमाएको हो ।

झापालाई जिताउन नवयुग श्रेष्ठ एक्लैले दुई गोल थिए । यस्तै पुजन उपरकोटी र पुण्य मादेनले पनि एक–एक गोल गरे ।

जवाफमा सुनसरीका निशान लिम्बूले एक गोल फर्काएका थिए ।

आजको खेलमा उत्कृष्ट प्रर्दशन गरेका सुनसरीका हेमन्त थापा मगर म्यान अफ दि म्याच घोषित भए ।

यस्तै म्यान अफ दि सिरीज र हाइस्कोरर नवयुग बने ।

विजेता बनेको झापाले ३ लाख ५ हजार ५ सय ५५ रुपैयाँ तथा उपविजेतामा चित्त बुझाएको सुनसरीले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ हात पारेको छ ।

गत चैत्र २४ गतेबाट शुरु भएको प्रतियोगितामा आठ टिमको सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस्