२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


रियाल मड्रिडले मालागालाई हरायो, बार्सिलोनाको अग्रता कायमै


0
Shares

काठमाडौं, बैशाख ३ । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले मालागालाई २-१ ले हराएको छ ।

गएराती मालागाको मैदानमा भएको खेलमा रियाल मड्रिडलाई विजयी गराउन ईस्को र क्यासेमिरोले एक एक गोल गरे ।

पराजित टोली मालागका डिएगो रोलानले नियमित समयको अन्तिम मिनेटमा एक गोल फर्काए ।

जितसँगै रियाल मड्रिड ला लिगा अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

३२ खेलबाट उसको ६७ अंक भएको छ । समान खेलबाट ७१ अंक जोडेको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा रहँदा शिर्ष स्थानको बार्सीलोनाको ८२ अंक छ ।

ला लिगामा गएराती एथ्लेटिको मड्रिडले लेभान्तेलाई ३-० ले हराँउदा गेटाफेले ईस्पानियोललाई तथा आलाभेजले आईबारलाई १-० ले हराएका छन् ।