‘क्यानको निलम्बन फुकुवा गर्न लचिलो हुन्छौं’ • Image Khabar Image Khabar


‘क्यानको निलम्बन फुकुवा गर्न लचिलो हुन्छौं’


Imagekhabar
४ बैशाख २०७५, मंगलवार १५:४०

‘क्यानको निलम्बन फुकुवा गर्न लचिलो हुन्छौं’

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्वाचित क्यानले निलम्बन फुकुवा भएर नेपाली क्रिकेटले निकास पाउने अवस्थामा अहिलेको विधान संशोधन गर्न लचक हुने बताएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)को निर्देशनअनुसार निलम्बित क्यानले यही वैशाख ६ र ७ गते राजधानीमा आइसीसीको प्रतिनिधिसहित विशेष साधारणसभा गर्दैछ ।

पत्रकार सम्मेलनमा निर्वाचित कमिटीका महासचिव अशोकनाथ प्याकुरेलले आफूहरु विधि र प्रक्रियाको पक्षमा रहेको भन्दै विशेष साधारणसभाले विवादित विषय टुंगो लगाउने विश्वास व्यक्त गरे ।

महासचिव प्याकुरेलले क्यान निलम्बनमा पर्नुमा आफूहरुकोमात्रै दोष नभएको भन्दै सरोकारवाला सबै पक्षले विगतबाट पाठ सिकेर निकासका लागि एक ठाउँमा उभिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्