ओखलढुंगा । विद्युत सर्ट भएर करेन्ट लाग्दा ओखलढुंगाको चिशंखुगढी गाउँपालिका– ३ को बोगडीछापकी ५७ वर्षीया सिजनकुमारी थापाको मृत्यु भएको छ । आज आइतबार बिहान ५ः३० बजेको समयमा विद्युत सर्ट भएर घरसमेत आगलागी हुँदा उनलाई करेन्ट लागेको थियो । बेहोस अवस्थामा घरबाट स्थानीयले बाहिर निकाल्ने बित्तिकै उनको मृत्यु भएको हो । घटनामा उनका श्रीमान खड्गबहादुर थापाको…