२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024


संक्रमणकालिन न्यायसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित


533
Shares

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ ।

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्नुभएको थियो ।

जसलाई सभाले सर्वसम्मत रुपमा पारित गरेको हो । पछिल्लो पटक सरकारले २५ फागुन २०७९ मा प्रतिनिधिसभामा संशोधन विधेयक दर्ता गराएको थियो ।

राष्ट्रियसभाबाट पनि विधेयक पारित भएकाले अब राष्ट्रपतिले प्रमाणीकरण गर्ने बाटो खुलेको छ । विधेयक कानुनमा रुपान्तरित भएसँगै आयोग गठनको प्रक्रिया शुरु हुने छ ।