Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


काठमाडौंकाे एक होस्टलमा बस्ने छोराको हत्या, आमा पनि मृत फेला

घटनामा संलग्न भएकाे आरोपमा २ जना पक्राउ

0
Shares

काठमाडौं । काठमाडौंको शंखमुलमा शुक्रबार २२ वर्षीय वसन्त कालाखेतीलाई २ जना मिलेर धारिलो हतियार प्रहार गरेर हत्या गरेका छन्।

महानगरपालिका-१० स्थित शंखमुलमा सञ्चालित भ्याली ब्वाईज होस्टलमा बस्ने २२ वर्षीय कालाखेती दाङको घोराही उपमहानगरपालिका-१७ का स्थानीय भएकाे प्रहरीले बताएकाे हाे। छोराको हत्या भएको खबर थाहा पाएपछि दाङमा उनकी आमाले शुक्रबारै प्राण त्याग गरेकी छन् । छोराको हत्या भएको खबर थाहा पाएपछि सिलिङ फ्यानमा पासो लगाएर झुण्डिएकाे अवस्थामा ३८ वर्षीया बिना कालाथोकीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे हाे।

उनको शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । उनका श्रीमान् वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा रहेका छन् । वसन्तको हत्यामा संलग्न आरोपमा प्रहरीले बाराको कलैया उपमहानगरपालिका-३ घर भएका प्रमित पटेल र सोही ठाउँ घर भएका शेखर यादवलाई प्रहरीले पक्राउ गरेको हाे ।

घटनाकाे बारेमा प्रहरी वृत्त नयाँ बानेश्वरले अनुसन्धान गरिरहेको छ । वसन्त फ्रान्स जाने तयारीमा काठमाडौंमा बसेर भाषा अध्ययन गररिहेकाे प्रहरीले जनाएकाे हाे।