हेटौंडा । हेटौंडामा सोमबारदेखि दुई दिने घरेलु उत्पादन प्रदर्शनी मेला तथा सांस्कृतिक नृत्य प्रतियोगिता सुरु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं १० कार्यालयको आयोजनामा सुरु भएको मेला तथा प्रतियोगितामा महिलाहरुद्वारा उत्पादित ढाकाका कपडा, अर्गानिक साबुन, बांसका सामग्री, अचार, खाद्य वस्तुहरु लगायत प्रदर्शनीमा राखिएको छ । यसैगरी विभिन्न जातजातिका परम्परागत नृत्य प्रतियोगिता पनि भइरहेको छ…