१७ मंसिर २०८१, सोमबार | Tue Dec 3 2024


सुस्तावासीलाई एक वर्ष विद्युत निःशुल्क दिने उर्जामन्त्रीको घोषणा


429
Shares

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सुस्ता गाउँपालिका ५ का बासिन्दाहरुलाई एक वर्षको लागि विद्युतको महशुस नलिने घोषणा गर्नुभएको छ ।

सुस्ता जोड्ने पुल उद्घाटनपछि बोल्दै उर्जामन्त्री खड्काले पुलसँगै विद्युत प्रशारण लाइन पनि पुगेको भन्दै एक वर्षको लागि शुल्क नलिने बताउनुभएको हो ।

उर्जामन्त्री खड्काले गरिब जनताहरु र मुलुकको श्रोत, साधनबाट वञ्चित रहेका व्यक्तिहरुलाई सरकारले विद्युत उपलब्ध गराउँदै आएको बताउनुभयो । उहाँले १५ मेगावाट उत्पादन हुने ठाउँमा तीन मेगावाट मात्रै उत्पादन भइरहेकोप्रति पनि आफूहरुको ध्यानाकर्षण भएको बताउनुभयो ।

उर्जामन्त्री खड्काले विद्युतको पहुँचसँगै उद्योगधन्दा र रोजगारी वृद्धि हुने अपेक्षा व्यक्त गर्नुभयो ।

मन्त्री खड्काले भारतसँग सीमा जोडिएकाले पनि रोजगारीका अवसरहरु अब उद्योग सञ्चालनसँगै बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सिंचाईका कामहरुमा पनि विद्युतको प्रयोग बढाउन सकिने उल्लेख गर्नुभयो ।