काठमाडौं । कीर्तिपुरको मच्छेगाउँ काठमाडौं उपत्यकाको प्राचिन बस्ति हो । गोपाल वंशकालमा नै मानव सभ्यताको विकास भएको यस स्थानमा गोपालीहरुको बसोबास रहँदै आएको छ । त्यसैले विभिन्न कालखण्डका पुरातात्विक महत्वका सामग्रीहरु यहाँ भेट्ने गरिन्छ । तर, विडम्वना, यस ठाउँमा रहेका लिच्छवीकालीनलगायतका अभिलेखहरु नष्ट भएर भग्नावशेषमा परिणत हुँदा पनि कसैको ध्यान गएको छैन । गाईपालक गोपाल…