१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025


जनकपुरधाममा आजदेखि सीताराम विवाहपञ्चमी महोत्सव शुरु


221
Shares

काठमाडौं । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि शुरु भएको छ । त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको सम्झनामा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा विवाहपञ्चमी महोत्सव मनाउने गरिएको छ ।

सीताराम विवाहपञ्चमी महोत्सवको आज पहिलो दिन हो । पहिलो दिन (आइतबार) आज नगरदर्शन कार्यक्रम छ । दोस्रो दिन भोलि (सोमबार) फूलबारी लीला, तेस्रो दिन मंगलबार धनुष यज्ञ, चौथो दिन तीलकोत्सव, पाँचौ दिन मटकोर र मङ्सिर २१ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ । यस्तै महोत्सवको अन्तिम दिन मंसिर २२ गते रामकलेवा गरिन्छ । यस दिन अयोध्याबाट जन्तीको रुपमा आएका साधुसन्तको बिदाइ गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् रुपमा समापन हुन्छ ।

नगरदर्शन गर्दा भगवान् राम र लक्ष्मणको प्रतीकका रूपमा दुई बालबालिकालाई जानकी मन्दिरको प्राङ्गणमा घुमाइन्छ ।