Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


नारायणगढ–मुग्लिङ सडकको शान्ति बजार क्षेत्रमा दुई घण्टामा आधा घण्टा मात्रै यातायात खुला


0
Shares

काठमाडाैं ।

नारायणगढ–मुग्लिन सडकखण्डमा मर्मत कार्य जारी रहेकाले प्रत्येक दुई घण्टामा आधा घण्टा मात्रै यातायात सञ्चालन भइरहेको छ ।

बिहान साढे ८ बजेदेखि दुई–दुई घण्टाको अन्तरमा ३० मिनेटका लागि मात्रै सडक खुला गरेर सवारी साधन सञ्चालन भइरहेको हो ।

बाँकी समयमा सडक मर्मतको काम जारी रहने भएकाले सवारी साधनलाई रोक्ने गरिएको छ । सडकखण्डअन्तर्गत तुइन खोलामा अहिले मर्मत कार्य भइरहेको छ ।

मर्मतका कारण शान्ति बजार क्षेत्रमा सवारी साधनहरू रोकिएका छन् । त्रिशूली नदीमा गत भदौ १० गते र त्यसपछि आएको बाढीका कारण नारायणगढ–मुग्लिङ सडकखण्डका विभिन्न स्थानमा क्षति पुगेपछि सडक अवरुद्ध हुँदै आएको छ ।

सडक सञ्चालनमा ल्याउन मर्मत तथा पुनःनिर्माणको काम भइरहेको छ । मर्मत कार्यका कारण यात्रुले आफ्नो यात्रा समयलाई ध्यानमा राख्न तथा सडक खुल्ने समयअनुसार मात्रै आवतजावत गर्नुपर्ने अवस्था रहेको छ ।