९ माघ २०८१, बुधबार | Wed Jan 22 2025


हेटौंडामा मतदान शान्तिपुर्ण रूपमा हुँदै


0
Shares

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं १२ मा रिक्त रहेको वडा अध्यक्ष पदको उपनिर्वाचनको मतदान भइरहेको छ ।

२०७८ चैत्रमा भएको स्थानीय तहको चुनावमा वडा नं १२ को वडा अध्यक्ष पदमा निर्वाचित भएका माओवादीका उम्मेदवार ललित घलान मकवानपुर जिल्ला समन्वय समितिको प्रमुख हुनुभएपछि उहाँले वडा अध्यक्ष पदबाट राजीनामा दिनुभएको थियो ।

हेटौंडा उपमहानगरपालिका वडा नं १२ को मतदाता संख्या ८०५३ रहेको छ । यस वर्ष वडाको २ वटा मतदान केन्द्रमा ९ वटा बुथ रहेको छ । २०७८ सालमा यस वडाको मतदाता संख्या ६४६५ थियो । वडा अध्यक्षको उपनिर्वाचनको हालको निर्वाचनमा १५८८ मतदाता थप भएको छ । आज यहाँ शान्तिपुर्ण रूपमा मतदान भइरहेको छ ।