६ माघ २०८१, आइतबार | Mon Jan 20 2025


ओखलढुंगामा मतदान शुरु


273
Shares

ओखलढुंगा । वडाध्यक्ष पदका लागि ओखलढुंगाको मोलुङ गाउँपालिकाको ५ नं वडामा उपनिर्वाचनको मतदान शुरु भएको छ । आज विहान ७ बजेबाटै मतदान शुरु भएको हो ।

उक्त वडाको शिवदूती माध्यमिक विद्यालयको २ वटै मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहपूर्ण ढंगबाट मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले जानकारी दिनुभयो ।

मतदान भयरहित बनाउन ठूलो संख्यामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी तैनाथ गरिएको छ । यो वडामा १ हजार ३ सय २५ मतदाता रहेका छन् ।

वडाध्यक्ष पदका लागि काँग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी गरी ६ वटा राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा रहेका छन् । जिल्लामा एउटा मात्रै वडामा स्थानीय तह उपनिर्वाचन भइरहेको छ ।