काठमाडौं । बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्।
नेपाल प्रहरीको विवरण अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको हाे। कोशी प्रदेश अन्तर्गत पाँचथरको फालेलुङ गाउँपालिका-४ आसपास फिदिम–फालेलुङ सडकखण्ड पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएको छ।
बागमती प्रदेशमा सबैभन्दा बढी सडक प्रभावित भएका हुन्। काभ्रेको वीपी राजमार्गअन्तर्गत कुर्कोट-नेपालथोक-कटुन्जेबेसी सडकखण्डमा सम्भावित बाढीका कारण सवारी सञ्चालनमा समयगत प्रतिबन्ध लगाइएको छ।
१० टनसम्मका मालवाहक सवारीलाई राति सञ्चालन गर्न दिइने र मिनी तथा साना सार्वजनिक यात्रुवाहक सवारीलाई तोकिएको समयमा सञ्चालन गर्न दिने व्यवस्था गरिएको प्रहरीले जनाएकाे हाे।










प्रतिक्रिया दिनुहोस्