काठमाडौं । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । उहाँको बिहीबार राति वीर अस्पतालमा उपचारका क्रममा निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकालले जानकारी दिनुभयो । नगरपालिकामा उहाँको पार्थिव शरीरमा अहिले बिहान ९ बजेदेखि ११ बजेसम्म श्रद्धाञ्जली अर्पण गरिने र आजै अन्त्येष्टि गरिने बताइएको छ । मिर्गौला रोगबाट पीडित नकर्मी मिर्गौलामा…