९ माघ २०८१, बुधबार | Wed Jan 22 2025


बाजुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्युु


0
Shares

काठमाडौं । बाजुरामा एउटा स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ । मृत्युु हुनेमा भीमदत्त नगरपालिका–१८ की ५२ वर्षीया राधिका भट्ट र ३१ वर्षीया गायत्री पन्त रहेको प्रहरीले जनाएको छ ।

पन्तको घटनास्थलमै र भट्टको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा बाजुराको गौमुल गाउँपालिकाका २५ वर्षीय रमेश धामी, कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त र कञ्चनपुरको गुलरियाका मोहनदेव भट्ट रहेका छन् ।

बडीमालिका नगरपालिका–८ मा रहेको मालिका मन्दिरमा दर्शन गरेर फर्किने क्रममा मार्तडी कोल्टी सडक खण्डमा पर्ने अपि होटलनजिकै स्कारपियो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

घाइते सबैको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ ।