काठमाडौं । चितवनको सिमलताल पहिरोमा परेर त्रिशुलीमा खसेका दुईवटा बस र यात्रु खोज्ने काम आजदेखि रोक्ने तयारी गरिँदैछ । १७ दिनअघि खसेको पहिरोले दुईवटा बस र ६२ यात्रु बेपत्ता भएका थिए । नेपाली र भारतीय टोली लगातार खोजी कार्यमा लागे पनि ३७ यात्रु र बस अझै फेला परेनन् । बसमा रहेका ६५ यात्रुमध्ये तीन जनाले…