८ माघ २०८१, मंगलबार | Wed Jan 22 2025


हुम्लामा हिमपात शुरु


312
Shares

काठमाडौं । हुम्लामा हिमपात शुरु भएको छ । हिमाली जिल्ला हुम्लामा आइतबार रातिदेखि हिमपात सुरु भएको हो । यो यस वर्षको पहिलो हिमपात भएको बताइएको छ ।

सोमबार बिहान सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ । उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा एक फिट हिउँ जमेको छ । हिमपातले गर्दा हुम्लामा चिसो बढेको छ ।

यस वर्ष ढिला गरी हिमपात शुरु भएकाले यहाँका किसान खुशी भएका छन् । हुम्लीवासी हिमपात भएपछि मौसम ठीक हुने र खेती सप्रिनेमा विश्वस्त छन् । उनीहरु हिमपातले गहुँ, जौ र उवा खेतीलाई राम्रो हुने भन्दै दङ्ग परेका हुन् ।