डम्बर बुढामगर/ईमेज वाग्लुङ । बागलुङ् जिल्लाको सदरमुकाम प्रवेश गर्ने प्रवेशद्वार कुरुप बन्दै गएको छ । प्रवेशद्वारमा स्थानीय प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको चिनारी गराउनुको सट्टा अव्यवस्थित रुपमा होडिङ् बोर्डहरु झुन्ड्याउँदा नगरको मुहार नै विकृत बनेको हो । सदरमुकाम बाग्लुङ बजारको प्रवेशद्वारमा जथाभावी रुपमा होर्डिङ राखिएका बोर्डहरुले प्रवेशद्वारको शोभा नै घटाइदिएका छन् । कला संस्कृति र पर्यटकीय क्षेत्रको…