Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


बाग्लुङ सदरमुकाम प्रवेश गर्ने प्रवेशद्वार कुरुप बन्दै


0
Shares

डम्बर बुढामगर/ईमेज

वाग्लुङ  ।   बागलुङ् जिल्लाको सदरमुकाम प्रवेश गर्ने प्रवेशद्वार कुरुप बन्दै गएको छ ।

प्रवेशद्वारमा स्थानीय प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको चिनारी गराउनुको सट्टा अव्यवस्थित रुपमा होडिङ् बोर्डहरु झुन्ड्याउँदा नगरको मुहार नै विकृत बनेको हो । 

सदरमुकाम बाग्लुङ बजारको प्रवेशद्वारमा जथाभावी रुपमा होर्डिङ राखिएका बोर्डहरुले प्रवेशद्वारको शोभा नै घटाइदिएका छन् ।

कला संस्कृति र पर्यटकीय क्षेत्रको उल्लेख्य ठाउँ मानिने बाग्लुङमा त्यस्ता ठाउँको पहिचान गराउने कुनै बोर्डहरु देखिन्नन् ।

बरु मदिरा कम्पनीका बोर्ड तथा निजी व्यवसायका बोर्डले आतिथिको स्वागत गरिरहेका छन् ।

तर कला, संस्कृति र पर्यटन विकासमा सरकारी निकायको खासै चासो भएजस्तो देखिँदैन ।

बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेलले बागलुङको पहिचान मेटाउने गरी झुण्डाइएका बोर्डहरु तत्काल हटाइने दाबी गर्छन् ।

अर्कोतिर स्थानीय उत्पादन कला संस्कृतिको प्रचार गर्ने किसिमका बोर्डहरु नभएको कतिपयको गुनासो देखिन्छ ।

नगरक्षेत्रभित्रका सार्वजनिक स्थलमा जभाभावी टाँगिएका होर्डिङ बोर्ड, तुल, ब्यानर, पर्चा, पम्लेटको व्यवस्थापन गर्ने विषय पटकपटक चर्चामा रहेपनि त्यसको कार्यान्वयन अगाडि बढ्न सकेको छैन ।

वोर्ड, तथा विभिन्न खालका प्रचार सामग्री जभाभावी टाँस्दा नगरको सुन्दरता र पर्यटकीय दृष्टिकोणमा नकारात्मक असर परेकाले सुचना केन्द्र स्थापना गर्ने नगरप्रमुख पौडेलको भनाइ छ ।

बोर्डको व्यवस्थापन मात्र नभई नगरक्षेत्रको सरसफाई र पर्यटकीय क्षेत्रको विकास प्रबद्र्धन र प्रचार प्रसार पनि उत्तिकै जरुरी छ ।