काठमाडौं । आज(मंगलबार) छैंठौं राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदैछ । नेपाली टोपीको प्रवद्र्धन गर्ने उदेश्यले केही बर्षअघि उत्साही युवाहरुले अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन सुरु गरेका थिए । पछिल्लो समय राष्ट्रिय टोपी दिवसले राष्ट्रिय स्वरुप ग्रहण गर्न थालेको छ । दिवसका अवसरमा मुलुकका विभिन्न स्थानमा ढाका टोपीमा सजिएकाहरुले र्याली समेत निकालेका…