
काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस न्यायाधीश चोलेन्द्र शमशेर जबराका विषयमा आज पनि संसदीय सुनुवाइ हुँदैछ ।
गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश जबराको सुनुवाई गर्ने क्रममा सङ्घीय संसदका कर्मचारीहरूले आन्दोलन गरेपछि सुनुवाइ प्रभावित बनेको थियो ।
सांसदहरूले गरेका प्रश्नको आज पनि जबराले जवाफ दिने कार्यक्रम छ ।
यसअघि बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश जबराले अदालतमा देखिएको भ्रष्टाचारमा आफ्नो शून्यसहशीलता रहने बताएका थिए ।
उनले अदालतमा विचौलियाको प्रभावलाई अन्त्य गर्ने प्रतिबद्धता पनि जनाएका थिए ।
जबराविरुद्ध ९ वटा उजुरी परेका छन् । सुनुवाइका क्रममा राणाले आफुविरुद्ध लागेका आरोपको प्रतिवाद गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्