काठमाडौं, पुस १७ । नेपाली नयाँ वर्ष वैशाख १ गतेलाई ‘राष्ट्रिय पोसाक दिवस’कारुपमा मनाउने घोषणा गरिएको छ ।
मंगलबार काठमाडौंमा ‘नेपाली टोपी दिवस’ मनाउनेक्रममा राष्ट्रिय पोसाक संरक्षण अभियानका अध्यक्ष विवश घिमिरेले वैशाख १ लाई राष्ट्रिय पोसाक दिवसकारुपमा मनाउने बताएका हुन् ।
दौरा–सुरुवाल, ढाकाटोपी र गुन्यू–चोलीलाई राष्ट्रिय पोसाक घोषणा गर्न माग गर्दै उनले नयाँ पुस्तालाई नेपाली मौलिकता हस्तान्तरण गर्नका लागि पनि दिवस आवश्यक पर्ने बताए ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलले आफू गृहमन्त्री हुँदा दौरा–सुरुवाललाई राष्ट्रिय पोसाक घोषणा गरेको भन्दै डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उक्त व्यवस्था खारेज गरेको बताए ।
कार्यक्रममा सांसद नवराज सिलवालले ‘युवाहरुले दौरा–सुरुवाल, टोपी र गुन्यू–चोलीलाई पुनः राष्ट्रिय पोसाककारुपमा स्थापित गर्नुपर्छ’–भने ।









प्रतिक्रिया दिनुहोस्