विशाल नेम्वाङ (इमेज) झापा, असार १४ । झापाको ज्यामिरगढीमा भारतबाट जंगलीहात्ती पसेपछि स्थानीय त्रसित बनेका छन् । बुधबार राति छावासहितका १८ हात्ती आएपछि उपद्रो गर्ने डरले स्थानीय त्रसित भएका हुन् । ती जंगलीहात्तीले हालसम्म कुनै क्षति भने गरेका छैनन् । हात्तीको अवस्था बुझी हात्तीलाई फर्काउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख खगेन्द्र रिजालले बताए…