Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


बस दुर्घटनामा एक जनाको मृत्यु, १४ जना घाइते

खोटाङ, वैशाख ३ । काठमाडौंबाट खोटाङको दिक्तेल आउँदै गरेको बस हलेसीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना गम्भीर घाइते भएका छन् । चालक र सहचालकसहित १५ जना सवार ना४ख ७४११ नम्बरको बस गएराति ११ बजे हलेसी तुवाचुङ नगरपालिका–७ रिट्ठाबोटेमा दुर्घटना हुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ३२ वर्षीय प्रजबहादुर राईको मृत्यु…