८ चैत्र २०७९, बुधबार | Wed Mar 22 2023


चट्याङ लागेर २२ वर्षीय महिलाको मृत्यु


0
Shares

लक्ष्मीप्रसाद सापकोटा

पर्वत, वैशाख ३ ।  पर्वतमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको मोदी गाउँपालिका वडा नं. ४ हलहलेमा सोमबार राति ८ बजे परेको चट्याङ लागेर स्थानीय प्रेम पुनकी २२ वर्षीया श्रीमती तारादेवी पुनको मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रहरीका अनुसार चट्याङ लागेपछि बेहोस बनेकी पुनको उपचारका लागि अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको हो । घरमा बसिरहेको अवस्थामा उनलाई चट्याङ लागेको थियो । मृतक पुनको शव अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ । 

पर्वतमा पछिल्लो समय लगातार हावाहुरी, असिनापानी र वर्षाका कारण जनजीवन प्रभावित बनेको छ ।