१५ चैत्र २०७९, बुधबार | Thu Mar 30 2023


‘सीमा सुरक्षालाई सुदृढ बनाउँदै लगेका छौं’


0
Shares

काठमाडौं, वैशाख २ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सीमा सुरक्षालाई सुदृढ बनाउँदै लगेको बताएका छन् ।

सशस्त्र प्रहरी बलको मुख्यालय हलचोकमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले विपद् व्यवस्थापन र सीमा सुरक्षाको क्षेत्रमा सशस्त्र प्रहरीले कटिबद्ध भएर काम गरेको बताए ।

उनले तीनै तहका सरकारसँग सहकार्य गरेर काम गरिरहेको उल्लेख गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरीको संगठनलाई चुस्त तथा दुरुस्त बनाउन ऐन, कानुनअनुसार नियुक्ति तथा पदोन्नति गरिएको उल्लेख गरे ।

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ खटिएका प्रहरी कर्मचारीबाट कटौती हुँदै आएको १५० अमेरिकी डलरलाई कटौती नगर्ने निर्णय गरेको महानिरीक्षक खनालले जानकारी दिए ।

सशस्त्र प्रहरी बलले देशभरका जुनसुकै भू–भागमा हुने सुरक्षा चुनौतीलाई सामना गर्न सबै जिल्लामा आफ्नो संगठनसमेत विस्तार गर्दै लगेको जनाएको छ ।

यस्तै, सीमानाका सुरक्षाका लागि सीमानाकामा १६९ हेल्प डेस्क स्थापना गरी सेवा प्रदान गरेको छ ।

यो वर्षदेखि ७० वर्ष कटेका पूर्वसशस्त्र प्रहरी कर्मचारीलाई वार्षिकरुपमा १२ हजार रुपैयाँ निर्वाह भत्ता दिने व्यवस्था गरेको छ ।