Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


देशभर भारी वर्षाको सम्भावना


819
Shares

काठमाडौँ । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव रहँदा आज देशका विभिन्न स्थानमा वर्षा, चट्याङ्ग, हावाहुरी र असिनासहित हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। मधेस, कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा कोशी प्रदेशको तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

यस्तै, आज राति पनि देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना छ। कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।