काठमाडौं, असोज १ । आश्विन संक्रान्तिका दिन आज विश्वकर्मा पूजा गरिँदै छ । प्रत्येक वर्ष असोज १ गते विश्वकर्माको पूजाका साथै आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरिन्छ । समुद्र मन्थनबाट निस्किएको मानिएका विश्वकर्माले नै कृष्णको द्वारका, पाण्डवको मय सभा र देवताका हातहतियार बनाएको विश्वास गरिन्छ । नयाँ सवारी साधन…