जनकपुर, भदौ ३१ । प्रदेश नं. २ को राजधानी जनकपुरधामबाट भारतको बिहार राज्यको पटनासम्मका लागि नेपाल–भारत मैत्री बस सेवा सञ्चालन गरिएको छ ।
प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले आज संयुक्त रुपमा बस सेवा शुभारम्भ गरे ।
जनकपुरमा बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले मैत्री बस सञ्चालनमा ल्याइएको मुख्यमन्त्री राउतले बताए ।
२० वर्षदेखि नेपाल–भारत बस सञ्चालन गर्दै आएका मन्त्रुश्री यातायात प्रालिले ११ वटा बस सञ्चालनमा ल्याएको हो ।









प्रतिक्रिया दिनुहोस्